किन बस्दैछ प्रधानमन्त्री निवासमा मन्त्रीपरिषदको बैठक ?

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । अाज मन्त्री परिषदको बैठक बस्दैछ । सिंहदरबारमा बस्दै आएको मन्त्रीपरिषदको बैठक सिंहदरवारमा नभएर प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको हो ।
दिउसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भए पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएको थियो। आजको बैठकले सरकारका काम काजको समिक्षा गर्ने जनाएको छ । प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले चिकित्सकले कम्तिमा तीन दिन आराम गर्न सल्लाह दिएको उनको सचिवालयको भनाई छ ।

उनलाई चिकित्सकले  भीडभाडमा नजान समेत सल्लाह दिएको छ ।

 

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank