मन्त्रिपरिषदको बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णय

बिहिबार, असार १४, २०७५

- भूपेन्द्र शाह



काठमाडौं । मन्त्रिपरिषदकाे विहिबार विहान बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले चिनियाँ प्रधानमन्त्रीको लि खस्याङका औपचारिक निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओलीको  ६ दिने औपचारिक  चीन भ्रमण अत्यन्तै सफल भएको जनाएको छ ।

भ्रमण अपेक्षित नेपालको हितमा भएको निश्कर्ष बैठकले गरेको छ । सो सम्बन्धी १४ बुँदे सम्झौता भएको विज्ञप्ती सार्वजनिक भईसकेको छ ।  त्यसै गरिे बैठकले नेपाल र बंगालादेश सरकारबीच हुने द्वध कराधान मुक्ति तथा वित्तिय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्विकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसै गरि कृषि विकास रणनीति कार्यन्वयन गर्नका लागि यूरोपियन युनियनबाट प्राप्त हुने ४० मिलियन यूरो स्विकार गर्ने निर्णयका साथै बीमा विधेयक संघीय संसदमा पेश गर्न स्विकृत दिने निर्णय समेत गरेको छ ।

 बैठकले कर्जा सुरक्षा नियमावली २०७५ स्विकृत गरेकाे छ । त्यसैगरि बैदेशीक रोजगारीमा गएका नेपाली कामदारकोे कानुनी प्रतिरक्षा निर्देशिका २०७५ स्विकृत गर्ने निर्णय समेत अाजकाे बैठकले गरेकाे छ ।

बेपत्ता पारिएका ब्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन विधेयक २०७५ संसदमा पेश गर्न स्विकृती प्रदान गर्नुका साथै  निक्षेप तथा कर्जा सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृतको छनौट पारिश्रमिक सेवा सुविधा सम्बन्धी नियमावली २०७५ स्विकृत गरिएको छ ।  बैठकले  निक्षेप नियमावली २०७५ समेत स्विकृत गरेको छ ।

278 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank