के के भए आजको मन्त्रिपरिषद्का निर्णय ?

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

सुचना तथा राज्य मन्त्री गोकुल बास्कोटाका अनुसार यस अघिका सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतम सरुवा भएका हुन् । त्यस्तै कानून मन्त्रालयका सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरि प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको सूचना तथा सन्चार राज्यमन्त्री बास्कोटा जानकारी दिए ।

यस्तै  बैठकले गरिब सिमान्तकृत र लोकउन्मुख लगायत शिक्षाको अबसरबाट बञ्चित एक जना बालबालिकाका लागि स्वच्छेकि अभिभावकत्व ग्रहण गरि बिद्यालयमा भर्ना गरिदिन हुन सरकारको तर्फबाट आब्हान गर्ने निर्णय गरेको छ । केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक, लगायत सबै पेशाकर्मीले त्यस्ता एक विद्यार्थीको अविभावकत्व लिने छन् ।

279 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank