सशस्त्र र जनपद प्रहरीले नयाँ नेतृत्व पाउँदै, नयाँ आईजीपी बारे गोप्यसहमति

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालको पदावधि बुधवार सकिदैछ । बिहीबारबाट उनी कार्यालयमा आउने छैनन । जम्मा दुई दिनमात्र बाँकी छ । नयाँ महानिरीक्षकको को ? अझै प्रहरी प्रशासनमा अन्यौल छ ।

नेपाल प्रहरीको बागडोर सम्हालिरहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पदावधि सकिने अघिल्लो दिन सरकारले प्रहरीको नयाँ नेतृत्व दिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले आईजीपी नियुक्त गर्ने तयारी गरेको स्रोतले दावी गरेको छ ।

नेपाल प्रहरीको प्रमुखका लागि तीन जना मुख्य दाबेदारका रुपमा देखिएका छन् । डीआईजी सर्वेन्द्र खनाल, डीआइजी रमेश खरेल र पुष्कर कार्की रहेका छन् । रोलक्रमअनुसार खनाल एक नम्बर छन् । प्रहरी ऐनअनुसार सरकारले उनीहरुमध्ये जोसुकैलाई प्रमुखको जिम्मेवारी दिनसक्छ ।

सरकारका एक जना मन्त्रीले खनाललाई आईजीपी बनाउने सम्भावाना बढी रहेको बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि पटक–पटक छलफल भएको थियो । प्रधानमन्त्री र प्रचण्ड दुवैजना खनालको विषयमा सहमत छन् ।

तर, विगतदेखि पटक–पटक प्रहरी प्रमुखको छनोटमा राजनीतिकरण भएको भन्दै विवाद हुने गरेको छ । अयसअघि सरकारले डीआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय अदालत सम्म्म पुगेको थियो । चन्दसहितका १५ जना एआइजीले आइजी अर्यालसँगै अवकाश पाउने भएकाले डीआइजीबाट सीधै आइजी बनाउनुपर्ने बाध्यात्मक अवस्था छ ।

सशसस्त्रमा पनि
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बिहीबार अवकास पाएका छन् । चैतमा वर्तमान अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप चलिरहेको छ ।

भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भएपनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्काे लबिङमा छन् । विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् ।

अर्द्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल नै एक्ला दाबेदार देखिएका छन् । सशस्त्र प्रहरीमा हाल फाजिलसहित ११ जना एआईजी छन् ।

425 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank