प्रधानमन्त्रीसँग ३ जना मन्त्री भारत जाने

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौँ । मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्विकृत गरेको छ ।
प्रभानमन्त्री ओली चैत २३ देखि २५ गते हुने भारत भ्रमण जाने भएका छन् ।

प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु पनि भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीसँग को को मन्त्रीहरुको जाने भन्ने नाम भने सार्वजनिक गरिएको छैन् ।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank