लकडाउनको समयावधी साउन सात गते सम्म थप्ने मन्त्रीपरिषदको निर्णय

सोमवार, असार १५, २०७७



काठमाडौं । मन्त्रीपरिषदको बैठकले लकडाउनको समयावधी थप्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गत चैत ११ गते देखी जारी लकडाउनको समयावधी आगामी साउन सात गते सम्म थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले बताएका छन । सरकारले राजधानीमा भने लकडाउन केहि खुकुलाे बनाउँदै सवारी साधनमा भने जाेर विजाेर प्रणाली लागू गरिसकेकाे छ । तर एक जिल्लाबाट अर्काे जिल्लामा जान भने पास अनिवार्य गर्ने गरेकाे छ ।

लकडाउनका कारण विद्यालय, महाविद्यालयहरू बन्द छन । उधाेग धन्दा, व्यापार व्यवसाय भने अांशिक रूपमा चलेपनि सार्वजनिक यातायात सञ्चालन नहुँदा व्यापार व्यवसाय खासै नभएकाे व्यापारीहरूकाे गुनासाे रहेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments