सार्वजनिक विदा पुनरावलोकन गर्ने सरकारको निर्णय

बुधबार, पुस २७, २०७३



काठमाडौं । बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्व र चाड विदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन विदा राष्ट्रिय वा कुन विदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे ।

उनले प्रधानमन्त्रीले आफ्नो कुरा सुनुुवाई नगरेको गुनाशो समेत व्यक्त गरे ।

377 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv