रामचन्द्र पौडेलले बोलेपछि कांग्रेस बैठक स्थगित

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राखेपछि कांग्रेस केन्द्रिय कार्य समिति बैठक स्थगीत भएको छ । पौडेले शुक्रबारको बैठकमा धारणा राखेसंगै सदस्यहरुको धारणा राख्ने क्रम सकिएकाले बैठक स्थगीत भएको कांग्रेसले जनाएको छ ।

महामन्त्री डा. शशांक कोइरालले बैठमा उठेका विषयलाई निर्णयार्थ पेस गर्न केही समय मागेकाले वैठक शनिवार सम्मका लागि स्थगित भएको हो । पौडेलले धारणा राख्नु अघि आमन्त्रीत केन्द्रिय सदस्य विजय गछ्यदारले एक घण्टा बढी बोलेका थिए । गछ्यदारले विहिबार ३ घण्टा सम्म धारणा राखका थिए ।

शनिवार वस्ने सभापती शेरबहादुर देउवाले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank