वार्षिक व्यापार घाटा करिब ९ खर्ब

मङ्लबार, बैशाख १०, २०७६



काठमाडौं  । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि १५.३ प्रतिशत मात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो । आयात बढ्दै गए पनि सोे अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

यो समाचारआजको  कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata