ड्राइभर निदाउँदा २९ यात्रु मरे

सोमवार, असार २३, २०७६



एजेन्सी । भारत उत्तर प्रदेशको आगरास्थित यमुना एक्सप्रेस वे मा बस दुर्घटनामा हुँदा  २९ जनाको मृत्यु भएको छ । प्रदेश राजधानी लखनउबाट ३३८ किमी टाढा रहेको एक  झरनाको नालामा बस झर्दा १८ जना घाइते भएका छन् ।

५० जना यात्रु बोकेर लखनउबाट दिल्ली आउँदै गरेको  बस सडकको बार भाँचेर नालामा खसेको स्थानीय प्रहरीले बताएका छन्  । दिल्लीबाट आगरासम्मको ६ लेन फराकिलो यस सडक(१६५ कि.मि)मा  ड्राइभर निदाएका कारण यो दुर्घटना भएको बताइएको छ ।

प्रशासनका अनुसार सबै शवलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पतालमा पठाइएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

सन् २०१२ देखि हालसम्म यमुना एक्सप्रेस वेमा ९०० जनाले ज्यान गुमाईसकेका छन् भने भारतको सडकमा हरेक वर्ष १,५०,००० मानिसहरुले ज्यान गुमाईरहेका छन् । सडक दुर्घटनामा अकालमै असंख्य मानिसहरुले ज्यान गुमाउनुको प्रमुख कारणमा कमजोर संरचना र तीव्र गतिमा सवारी हाँक्नुलाई मानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank