काठमाडौबाट मजदुर लिएर उदयपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त

शनिबार, बैशाख १३, २०७७



काठमाडौं । काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुरजाँदै गरेको बस दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना  घाइते भएका छन् ।

बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहले  जानकारी दिए ।

दुर्घटनामा बसका सह–चालक दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्माको मृत्यु भएको हो । घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ ।

बसमा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वय अर्को बसमा हालेर पठाइएको प्रहरी निरीक्षक साहले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments