सिन्धुपाल्चोकमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ८ पुग्यो

शुक्रबार, अशोज २४, २०७६



काठमाडौं । सिन्धुपाल्चोकको सिपाटारमा आज(शुक्रबार) बिहान बस दुर्घटनामा भएको छ। काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो।

बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बा २ ख २७१५ नम्बरको बस करिब ९ः३० बजे तिखु मोडमा दुर्घटनाग्रस्त भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भइसकेको छ।  ६० जनाभन्दा बढी घाइते भएका छन्। केही शवलाई दुर्घटनाग्रस्त बसले नै किचेको छ।

घाइते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरी र स्थानीयले अहिले उद्दार कार्य जारी राखेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments