बिजुलीको हाइटेन्सन लाइन खस्दा बसको छतमा रहेका ६ जनाको मृत्यु

शनिबार, जेष्ठ ६, २०७४



काठमाडौं । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत हमिरपुरको एक सार्वजनिक बसमा शनिबार विहान विद्युतको हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाइटेन्सन लाइन खसेपछि बस जलेर नष्ट भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बान्दाबाट हमिरपुर जाँदै गरेको बस भाथा–जसपुरा रोड नजिकैै विजुलीको हाइटेन्सन पोलसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । बसको स्टेरिङ फेल हुँदा पोलसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata