बस दुर्घटना : एकको मृत्यु, १५ जना घाइते

शुक्रबार, साउन ३१, २०७६



हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी, हेटौँडामा आज(शुक्रबार) बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना सख्त  घाइते भएका छन् ।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata