सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु ७ घाईते

शुक्रबार, अशोज २६, २०७५



काठमाडौं । पृथ्वीराजमार्ग अन्तरगत सुनकोशी  गाउँपालिका -५ रिठ्ठेभीरबाट बस सुनकोशीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।

यात्रुहरुलाई गन्तव्यमा पुर्याएर फर्कने क्रममा शुक्रबार ना ६ ख ९१२ नम्बरको बस रिठ्ठेभीरबाट शुकोशी नदिमा खसेको प्रहरी जनाएको छ । बस दुर्घटना भएको क्षेत्र भिरालो भएकाले उद्दार कार्य कठिन भइरहेको स्थानीवासीहरुले जनाएका छन् ।

घाइतेहरुको उद्दार कार्यका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुले खटिरहेका छन् ।

305 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank