डोटीमा बस दुर्घटना, २४ जना घाईते, ६ को अवस्था गम्भीर

बिहिबार, भदौ २८, २०७५

डोटी । डोटीमा बस दुर्घटना भएको छ । दुर्घटनामा २४ जना घाईते भएका छन ।  घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस आज विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेकोको थियो । यात्रुहरुलाई भिरबाट उद्धार गरि उपचारका लागि अत्तरीयाको पदमा अस्पताल पठाईएको छ । बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना बारे थप जानकारी आउन बाँकी छ ।

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank