सिन्धुपोल्चोकमा बस दुर्घटना, तीनको मृत्यु

शुक्रबार, चैत्र ९, २०७४



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँखु भोटेचौर मेलम्ची सडकखण्डको चारघरेमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे दुई बजे भएको दुर्घटनामा परी तीन जनाको मृत्यु हुनका साथै ३५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा हेल्मो यातायातको बस सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय मेलम्ची र पाहुनेपाटी चौकीका सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेका छन् । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार क्षतिग्रस्त बसमा च्यापिएर दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । च्यापिएका उक्त तीन शव बसबाट निकाल्न सकिएको छैन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank