बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बिहिबार, चैत्र ८, २०७४



बैकक। थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।

उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारी अनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको नाजुक अवस्था रहेकोले समय समयमा यसरी सवारी दुर्घटना हुने गर्दछ । प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यानदिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् ।

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank