बस दुर्घटनामा २४ जना घाईते

शनिबार, फाल्गुन ५, २०७४



कैलाली । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार भएको दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना.४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन्।

दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments