कालिन्चोक जाँदै गरेको बस दुर्घटनामा १२ जनाको मृत्यु

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । बा ४ ख ४४६८ नम्बरको बस आज बिहान सवा ८ बजे आसपास दुर्घटनामा परेको हो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि ३४ सिटको बस भएकाले कम्तिमा त्यतिनै संख्यामा यात्रु रहेको अनुमान गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments