पहिलो पटक बंगलादेशबाट छुटेको यात्रुवाहक बस नेपाल पुगे

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि सोमबार छुटेका दुईवटा यात्रुवाहक बस नेपाल अाइपुगेका छन् ।
बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को (बीबीआईएन) सम्झौता अनुसार पहिलो पटक ढाकाबाट काठमाडौंका लागि छुटका दुईवटा बस नेपाल आईपुगेका हुन् ।

ढाकाबाट पहिलो पटक नेपाल बस पुगेपछि बसलाई झापाको काकडभिट्टाको मेची भन्सार परिसरमा बुधबार भव्य स्वागत गरिएको छ ।

ढाकाबाट काठमाडौंका लागि हिँडेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा आइपुगेको हुन् ।
यी दुई बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि सहभागी रहेका छन् । बस आज नै काठमाडौं आईपुग्ने भएका छन् ।

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank