अफ्रिकी देश बुर्किना फासोमा आतंकवादी आक्रमणः १७ को मृत्यु

सोमवार, साउन ३०, २०७४



काठमाडौं, ३० साउन —पश्चिमी अफ्रिकी देश बुर्किना फासोको राजधानी आगाडगूमा भएका आतंकवादी आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।

आईतवार राती आक्रमणकारीहरूले एक रेस्टुराँमा बसिरहेका ग्राहकमाथि गोली बर्साएको प्रत्यक्षदर्शीहरूले बताए । अहिले आक्रमण बन्द भएको र सुरक्षाकर्मीहरूले कम्तीमा दुई आक्रमणकारीलाई मारेको अधिकारीहरूले बताए ।

गत वर्षको जनवरीमा नजिकैको क्याफेमा भएको आक्रमणमा ३० जना मारिएका थिए । अल कायदा संगठनसँग आबद्ध समूहले यो पछिल्लो आक्रमण गराएको आशंका गरिएको छ ।
बीबीसीबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments