३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा दौडिने बुलेट ट्रेनको परिक्षण शुरु

आइतवार, जेष्ठ १२, २०७६



जापान । जापान रेलवे कर्पाेरेशनले बुलेट ट्रेनको निम्ती २.२ विलियन डलर खर्च गरेको महत्वकांक्षी परियोजना अन्तरगत निर्माण गरिएको बुलेट ट्रेनको सफल परिक्षण शुरु भएको छ ।

टोक्यो ओलम्पिक्स अगावै परिक्षण शुरु गर्ने लक्ष्यका साथ शुरु परियोजना सफल परिक्षण गर्दा बुलेट ट्रेनले ३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा दौडिदै नयाँ रेकर्ड बनाएको छ ।

train 2

N700S माेडेलका बुलेट ट्रेन दश वर्षदेखि संञ्चालनमा रहेपनि पछिल्लो परियोजना अन्तर्गत निर्माण गरिएका बुलेट ट्रेन इनर्जी कम खपत र भुकम्पलाई मध्यनजर गर्दै निर्माण गरिएको जापान रेलवे कर्पाेरेशनले जनाएको छ । सेन्ट्रर रेलवे कर्पाेरेशनको मुताविक शिकासेन बुलेट ट्रेन सबै भन्दा तेज रफ्तारमा चल्ने छ ।

trein3

जसको सफल परिक्षण मोयबारा र क्योटोकाबीच दौडाएर गरिएको छ । परिक्षणको दौरान ३६० किलोमिटर प्रतिघण्टा दौडिए पनि सर्विसको समय २८५ किलोमिटर प्रतिघण्टा रहने रेलवे कर्पाेरेशनले जनाएको छ ।

train4

सन २०३० भित्रमा अल्फा एक्सले ३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा टोक्यो र होक्काइदोलाई जोड्ने तय गरिएको छ ।

भिडियाे सहित

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata