नगरपालिकाको विकासको माग गर्दै विभिन्न मन्त्रालयमा ज्ञापनपत्र

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । नगरपालिको समग्र विकासको माग गर्दै विहिबार विभिन्न मन्त्रालयहरमा ज्ञापन पत्र बुझाइएको छ । विकासका दृष्ट्रिकोणले पछि रहेको दुर्गम बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाका उपममेयरको नेतृत्वको टोलीले विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

विकासका सामान्य पूर्वाधारहरु समेत नभएका कारण नगरपालिका भित्र रिङरोड तथा मार्तडी कोल्टि सडक खण्डको कालोपत्रे,नगरपालिका भित्र कबडल,सिंचाई र बुढिनन्दा क्षेत्र सिमकुरु, पोरखेलेक, लगायतका क्षेत्रको पर्यटकिय क्षेत्र घोषणा लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको एमाले बाजुरा संगठन विभाग प्रमुख जनक कुमार बोहोराले जानकारी दिए ।

gapan 2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भौतिक तथा योजना मन्त्रालय,सिंचाई ,पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र यूवा तथा खेलकुद मन्त्रालयमा ज्ञापन पत्र बुझाएको नेता बोहोराले जनाएका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्रालयका मन्त्रीहरुले बाजुरा जस्तो दुर्गम जिल्लाको विकासका लागि आफूहरु सकारात्मक रहेको भन्दै आउने बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ज्ञापनपत्र बुझाउन उपमेयर रेग्मी, एमाले बाजुरा संगठन विभाग प्रमुख जनककुमार बोहोरा, यूवासंघ नेपालका महासचिव नरेश शाही, अधिकारकर्मी लक्ष्मण जोशी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । बोहोरा सोही नगरपालिका मेयरबाट पराजित उम्मेदवार हुन् । आफू सोही नगरपालिकाको बासिन्दा र जिम्मेवार भएकाले जिल्लाको विकास निर्माणको लागि लागीरहेको बताएका छन् ।

gapan

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यस अघि सोही नगरपालिकाका मेयर पदमकुमार गिरीले २ सय ५० बढि साना योजनाहरुमा आफू अनुकुल साना टुक्रे योजनाहरुमा बजेट विनियोजन गरी ठुला र महत्वपूर्ण योजनाहरुमा वेवास्ता गरेको भन्दै उपमेयर लगायतका चार जना वडा अध्यक्षले लिखित रुपमा असहमती जनाउदै संयूक्त रुपमा ज्ञापनपत्र निकालेका थिए ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank