थ्रीस्टार क्लब बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

बुधबार, माघ २४, २०७४



सुनसरी । थ्रीस्टार क्लब धरानमा जारी २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। नीराजन खड्काको ह्याट्रिकको मद्दतमा थ्रीस्टारले सुदूरपश्चिम ११ लाई ४–० को गोलअन्तरले पराजित गरेको हो ।

थ्रीस्टारले फाइनल प्रवेशका लागि अब भारतको दुर्गापुर स्टिल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। थ्रीस्टारका लागि नीराजनले खेलको पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए।

उनले खेलको सातौं मिनेटमै टोलीलाई १–० ले अघि बढाएका थिए। त्यसपछि सुनिल बलले गोल गर्दा थ्रीस्टार पहिलो हाफमै २–० ले अघि बढेको थियो। दोस्रो हाफमा लगातार दुई गोल गर्दै नीराजनले टोलीको जित ४–० ले पक्का बनाएका थिए। नीराजनले ह्याट्रिक गोल पेनाल्टीमार्फत पूरा गरेका थिए।

खेलमा उनी नै म्यान अफ दी म्याच चुनिएका थिए । त्यसबापत उनले १० हजार पुरस्कारसमेत प्राप्त गरेका छन् ।

76 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank