बजेट आज, १५ खर्ब ९० अर्बको हाराहारीमा

बुधबार, जेष्ठ १५, २०७६



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अपरान्ह ४ बजे संघीय संसद्मा आगामी बजेट प्रस्तुत गर्ने छन । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ । दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न ल्याउने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा र पूर्वाधारमा केन्द्रित भएर आउने अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राजश्व र करका दायरा गत वर्षको भन्दा केही बढ्ने छ । वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्यनको समिक्षा सहित ल्याइने आगामी बजेट वैदेशिक ऋण र सहायताकालागि बलियो भएर आउने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

आगामी आवकालागि सरकारले ल्याउदै गरेको करिब साढे १५ खर्ब भन्दाबढीको बजेटमा कर्मचारीको तलबभक्ता १० देखि २५ प्रतिशतसम्म बृद्धि हुने छ । गत वर्ष स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड रूपैयाँ विनियोजन गरिएकोमा अहिले बढाएर स्वास्थ विमा बापत ठुलो रकम विनियोजन गरिने छ ।

सामाजिक सूरक्षा कार्यक्रम पूर्ण रुपले लागु गराउन थप बजेट विनियोजन हुँदै छ । करको दायरा थप बढ्ने छ । गत आवमा विनियोजित पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड बाट बढाएर यसपाली ५ खर्ब पुर्याइने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata