प्रदेश -७ सरकारको बजेटमा बाजुरालाई विभेद, अछाममा सबैभन्दा बढी

बिहिबार, असार १४, २०७५



बाजुरा । प्रदेश- ७ सरकारले बाजुरालाई बिशेष आरक्ष सहीतको बजेट व्यवस्था गर्ने बताए पनि व्यवाहारमा कार्यान्वन गर्न नसकेको पाईएको छ ।

बजेट विनियोजन गर्दा जनसंख्या भुगोल क्षेत्र र नेताहरुको पहुँच प्रभाव नै देखिएको छ ।  भौतिक पूर्बाधार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आफ्नै गृह जिल्ला अछाममा सबैभन्दा बढि ६४ करोड बजेट राखेका छन् । तेस्रोमा मुख्यमन्त्री त्रिलोचन भट्टको जिल्ला डोटीमा बढि बजेट छ । तेस्रो बढि बजेट हुनेमा बैतडी जिल्ला परेको छ ।

बैतडी बन मन्त्री माया भट्टको जिल्ला हो । बैतडीमा निर्वाचन क्षेत्रको हकमा भने मन्त्री भट्टको निर्वाचन क्षेत्रमा बढि बजेट छ । मन्त्री भएर पनि कम बजेट पाउनेमा बाजुरा र डडेल्धुरा परेका छन् । मन्त्री नभएका अरु जिल्लामा भने भौतिक पूर्बाधार तर्फ बजेट न्यून छ । जिल्लाकै मन्त्री हुदा पनि कम बजेट पाउने जिल्लामा बाजुरा पनि परेको छ ।

प्रकाश शाह प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएपनि बजेट सबैभन्दा कम छुट्र्याएको छ । प्राप्त सूचना अनुसार अछाममा ६४ करोड, कैलालीमा ६१ करोड, डोटीमा ५१ करोड, बैतडीमा ४७ करोड, कञ्चनपुरमा ४७ करोड, बझाङमा ४० करोड र बाजुरा, दार्चुला र डडेल्धुरामा ३७ करोड बजेट छुट्याईएको सूची सार्वजनिक भएको छ ।

बाजुरा, दार्चला र डडेल्धुराको बजेट अछामको भन्दा आधा कम छ । अछामले पछिल्लो समय सांसद छनोट प्रक्रिया देखि राजनीतिक लाभका पद प्राप्तीमा ७ नम्बर प्रदेशलाई उछिन्दै गएको छ । नीति कार्यक्रममा बाजुरा पहिलो प्रथामिकतामा पारेको भनिएपनि बजेट निराशाजनक देखिएको छ ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank