सातवटै प्रदेशको दोस्रो वार्षिक बजेट सार्वजनिक हुँदै

आइतवार, असार १, २०७६



काठमाडौं । देश संघीयतामा गएसँगै प्रदेश सरकारले आफ्नो बजेट ल्याउने कार्यलाई तिव्रता दिएका छन । सोही अनुरुप सातवटै प्रदेशले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन ।

संवैधानिक प्रावधान बमोजिम नै सातवटै प्रदेशले दोस्रो पटक आफ्नो नीति तथा कार्यक्रम सहितको बजेट ल्याउन लागेका हुन । संविधानमा उल्लेख भए बमोजिम केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार एक गते भित्र बजेट ल्याइसक्नु पर्ने प्रावधान रहेको छ । सोही अनुरुप प्रदेश सरकारले संघीय सरकारले तोकेको बजेट सिलिङका आधारमा बजेट ल्याउन लागेका हुन ।

कृषि, पर्यटन, सडक, खानेपानी,शिक्षा र रोजगारी सिर्जना जस्ता विषयलाई मध्यनजर गर्दै सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान छ । प्रदेश-१ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस्तै प्रदेश- २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ ।

प्रदेश-३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ भने गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश-५ ले करिब ३४ अर्बको बजेट लयाउँदैछ भने कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ । त्यस्तै सूदुरपश्चिम प्रदेश सरकारले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata