तीन महिनाका लागि बजेट ल्याउँदै प्रदेश सरकार, कर्णाली र ३ नम्बर प्रदेशको बजेट सार्वजनिक

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । प्रदेश सरकारहरु बजेट बनाउन केन्द्रित भएका छन् । केही प्रदेशले आगामी तीन महिनाका लागि बजेट सार्वजनिक गरेका छन् । केही प्रदेश बजेट बनाउने लागेका छन् । बिहीबार कर्णाली प्रदेश र प्रदेश नम्बर ३ ले बजेट सार्वजनिक गरेका छन् । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४ ७५ को बजेट प्रस्तुत गर्दै प्रदेशको विकास, कृषि, पर्यटनमा जोड दिएको छ । आगामी तीन महिनाको लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजारअर्थात कूल विनियोजनको ४२।९५ प्रतिशत तथा पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार अर्थात कूल विनियोजनको ५७।०५ प्रतिशत बाँडिएको छ । बजेटमा कृषि, हवाई सेवा, भौतिक पूर्वाधार, पर्यटन, जडिबुटी, विद्युत, खानेपानी सिचाई लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रदृेश नम्बर ३ ले पनि बजेट सार्वजनिक गरेको छ । प्रदेश ३ को सरकारले चालु आर्थिक वर्ष मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिहीबार प्रदेशसभामा चालु आर्थिक वर्षको आय ब्ययको अनुमानित विवरण प्रस्तुत गर्दै मन्त्रालयगत शीर्षमा बजेटलाई केन्द्रित गरेका छन् । भौतिक पूर्वाधारमा बजेट केन्द्रित छ । भईपरी आउने खर्चमा मात्रै ६० करोड बजेट विनियाजन गरिएको छ ।

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank