कविता-हामी अझै बुद्ध खोजिरहेका छौँ

मङ्लबार, जेष्ठ ७, २०७६

- राकेश कार्की(लस एन्जेलस)



जनयुद्धमा मारिएका

नेपाली दाजुभाइ दिदीबैनीहरु
सत्ताको ठाँटबाटमा
हतियार बिसाउनेहरु
अझै सत्ताको खोजीमा
हतियार उठाउनेहरु
हिंसामा के धर्मरु
त्यैपनि आफ्नै जन्मभूमीमा जन्मेका
बुद्धको शान्ति
आफ्नै माटो खोस्रिदै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

जब जब शान्ति हराउन थाल्यो
त्यसको खोजिमा
निस्फिक्री भइ छाक कमाउन
सानीलाई खेलौना
प्रियालाई चोली सारी
आफ्नै सानो घरपरिवार बसाउन
विदेशको भूमीमा
पसिना बगाउदै
आशाहरू सँगाल्दै
एकदिन त आफ्नै देश फर्किने आशामा
मानचित्रको नेपाल अँगाल्दै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

राजतन्त्र पनि गयो
गणातन्त्र पनि आयो
त्यैपनि “लुटन सके लुट कान्छा” को गीत
बज्नु परिरहेको छ
कान्छाले खानु परेको हण्डर
कति दुस्ख लाग्दो छ
सुनकाण्ड, वाइडबडी, नागरिकता ऐन
आदि इत्यादीले देश शर्माएको छ
जनताहरूलाई लाज लागेको छ
त्यसैले त

नेपालीको स्वाभिमानले
देश बिकाश चाहने चिन्तनहरुले
भ्रष्टचार, घुसखोरी नचाहने मनहरुले
हाम्रो प्यारो नेपालमा
सारा नेपालीहरुको मुटुमा
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata