ब्राउन सुगरसहित तीन पक्राउ

बिहिबार, भदौ १२, २०७६



झापा । झापाको मेचीनगरबाट ब्राउन सुगरसहित तीन जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ । मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बू  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मेचीनगर–६ भन्सारगेट अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई सो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata