ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ

सोमवार, बैशाख २९, २०७७



झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् ।

आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै ब्राउनसुगर र नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेको बुढाथोकीको साथबाट १७ ग्राम ब्राउन सुगर र २३ हजार ३ रुपैयाँ बरामद गरेको छ । बुढाथोकीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अबैध हतियारसहित १ जना पक्राउ

सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा स्थित नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

सो सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र एउटा मरेको कालिजसहित पक्राउ गरेको हो ।

चोरी सिकारीमा संग्लन अर्का स्थानीय २५ बर्षीय दिपक राई भने फरार रहेको र उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments