उदाहरणीय ठेकेदार : जसले डेढ वर्षअघि नै बनाए एक अर्बका दुई पुल

बिहिबार, भदौ २१, २०७५

काठमाडौं । पप्पु कन्ट्रक्सनसहितका निर्माण कम्पनीहरुले एउटा पुल सम्झौताको आठ वर्षमा पनि नबनाइरहेका बेला सिन्धुलीमा दुईवटा पुल सरकारले दिएको समयावधि भन्दा डेढ वर्षअघि नै पुरा भएका छन् ।

सिन्धु्लीस्थित मरिण खोला र कमला खोलामाथिका दुई पक्की पुल निर्माण कम्पनीहरु कालिका, तुदी, रसुवा जेभीले सम्झौता भएको समय भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।

यी मध्ये सिन्धुलीको मरिणगाउपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार उद्घाटन गरिएको छ । यो पुलको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच बुधवार गरेका छन् ।

उदाहरणीय ठेकेदार : जसले डेढ वर्षअघि नै बनाए एक अर्बका दुई पुलयो पुलको उद्घाटनका क्रमममा बोल्दै अध्यक्ष दाहालले मरिण क्षेत्रकै समृद्धिको ढोका खोलेको पुल निर्माण तोकिएको समय भन्दा डेढ वर्षअघि नै सकिएकोमा हर्ष व्यक्त गरे ।

अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्ने कुरालाई यस पुल निर्माणमा संलग्न कम्पननीले पाठ सिकाएकोे बताए । पुल उद्घाटनका क्रममा दाहालले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको थालनी भएको पनि जिकिर गरे ।

सम्झौता भन्दा १५ महिना अगाडि रातु पुल निर्माण सम्पन्न
दाहाल प्रधानमन्त्री भएका बेला २०७३ मंसिर १२ गते उनैले यो पुलको शिलान्यास गरेका थिए । यो पुलको उद्घाटनसमेत उनैले गरेका छन् । प्रचण्डले समय अगावै पुल निर्माण गरि उदाहरण प्रस्तुत गर्ने ठेकेदार कम्पनी, कर्मचारी र स्थानीयबासीलाई विशेष कार्यकम गरेर सम्मान गर्ने समेत बताए । कालिका, तुदी, रसुवा जेभीले चारसय मिटर लामो पुल समयावधि अघि नै निर्माण सम्पन्न गरेको हो । ४९ करोड १४ लाख रुपैयाँको लागतको पुलको निर्माण सम्पन्न गर्ने अवधि २०७६ पुस २८ गतेसम्म रहेको थियो ।

त्यही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाच वर्ष भित्रमा एक हजार पक्की पुल र १० हजार किलोमीटर कालोपत्र सडक निर्माण गर्ने उद्घोष गरे । अन्नपूर्णपोष्टबाट

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank