११ वर्षपछि ब्रिटिस एयरवेजको पाकिस्तान उडान शुरु

प्रधानमन्त्री इमरान खानकाे अर्काे सफलता

मङ्लबार, जेष्ठ २१, २०७६



इस्लामाबाद । ११ वर्षको लामो प्रतिक्षापछि ब्रिटिस एयरवेजको उडान इस्लामाबादमा अवतरण गरेको छ । सन २००८ को सेप्टेम्बरमा राजधानी इस्लामाबाद स्थित मेरिएट होटलमा बम विस्फोट पछि ब्रिटिस एयरवेजले पाकिस्तान उडान स्थगित गरेको गरेको थियो ।

११ वर्षपछि तमाम अफवाह र शंका तोड्दै लण्डन स्थीत हिथ्रो विमानस्थलबाट २४० यात्रु लिएर बोइङ ७८७ ड्रिमलाइनर विमान इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भयो । पाकिस्तानी मन्त्री गुलाम सरबर खान, प्रधानमन्त्रीको वाणिज्य सम्बन्धी सल्लाहकार रजाक दाउद, विमान प्रभागका अन्य वरिष्ट अधिकारीहरुले विमानस्थलमा यात्रुहरुलाई स्वागत गरेका थिए ।

विमानस्थलमा कडा सुरक्षा व्यवस्था अप्नाइएको थियो । ब्रिटिस विमानको इस्लामाबाद उडान पून शुरु भएको सन्दर्भमा पाकिस्तानको सुरक्षा स्थितीमा भारी सुधार आएको मानिएको छ ।

सन २००८ को मेरिएट होटलमा भएको आत्मघाती हमलामा ५० मानिस मारिएपछि रोकिएको सेवा पून सञ्चालन भएकोमा पाकिस्तान स्थीत ब्रिटिस उच्चायुक्त थोमस ड्रयुले भने,ब्रिटेनको विमानको सेवा पून शुरु हुनुले दुई देश अनेकौं तरिकाले काफी करिब छन् । साथै झनै करिब आउन एक कदम थपिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata