ब्रिटिश एयरवेजले आफ्नो ८ हजार ५ सय उडान रद्द गर्दै

सोमवार, भदौ २३, २०७६



एजेन्सी । ब्रिटिश एयरवेज (बीए) का पाइलटहरूले ४८ घण्टे हडताल शुरू गरेपश्चात बिएले सोमबारका लागि आफ्नो लगभग  सबै उडानहरू रद्द गरेको छ ।

बेलायति ध्वाजाबाहक बेलायति एयरलाइनका ४,३०० पाइलटहरूको नौ महिनाको तलब विवादका कारण गरिएको हड्तालका कारण बिएले आफ्ना उडानहरू रद्द गर्नुपरेको हो । यस हड्तालका प्रत्यक्ष वा प्रत्यक्षरुपमा तीन लाख व्यक्तिमा बाधा एवम् नोक्सान पुग्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत महिना ब्रिटिश एयरलाइन पाइलट एसोसिएशन (बाल्पा) ले एयरलाइन्सलाई सेप्टेम्बरमा तीन  दिनको औद्योगिक कारबाहीको सूचना दिएको थियो । तत्पश्चात बिए पाइलटहरूले गरेको यो पहिलो हड्ताल हो ।

सेप्टेम्बर ९(आज) र १० हड्तालमा बसेसँगै सेप्टेम्बर २७ मा  फेरी एकपटक हड्ताल गर्ने बिएका पाइलटहरूले बताएका छन् ।

“दुर्भाग्यवश, बाल्पाबाट आएको सुचनाको आधारमा पाइलटहरूले हड्ताल गर्ने कुनै विवरण हामीसँग थिएन । यसकारण कति जना काममा आउँछन् वा कुन हवाईजहाज उडाउन योग्य छ भन्ने अनुमान गर्ने कुनै तरिका थिएन । त्यसैले हामीसँग शत प्रतिशत उडानहरू रद्द गर्नुबाहेक अर्को विकल्प भएन । “एयरलाइन्सले सोमबार एक विज्ञप्ति मार्फत जानकारी गराएका छौं ।

 ब्रिटिश एयरलाइनले  सोमबार ८,५००  उडानहरू रद्द गर्न तयारी गर्दैछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata