बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बिहिबार, चैत्र १३, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमण बेलायती राजकुमार चार्ल्समा देखिएको छ। एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको हो ।

उनका प्रवक्ताका अनुसार राजकुमार चार्ल्सलाई कोरोनाको सामान्य लक्षण देखिएको हो । बेलायती सरकारले उनीसँग सम्बन्धित व्यक्तिको पनि स्वास्थ्य परिक्षण गरिसकेको छ । उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ तर उनमा भाइरस भएको देखिएन।

उनीहरू दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन् । केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव” नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments