कोचिङ सेन्टर ‘ब्रिजकोर्स’को नाममा ठगि गर्दै

शुक्रबार, चैत्र २२, २०७५



काठमाडौं ।  संघीय राजधानी काठमाडौंदेखि प्रदेश मुकाम र जिल्ला मुकामहरूमा गल्लीपिच्छे खुलेका ‘कोचिङ सेन्टर’हरूले चर्को शुल्क लिएर विद्यार्थीलाई ठगी गरेको पाइएको छ । एउटै प्रकृतिको पढाइ हुने ‘कोचिङ सेन्टर’हरूले फरकफरक शुल्क असुलेर ठगेको पाइएको छ ।

काठमाडौंसहित देशका मुख्य सहरहरू विराटनगर, पोखरा, नेपालगन्ज, बुटवल, धनगढीलगायतका स्थानमा ‘कोचिङ सेन्टर’ धमाधम चलिरहेका छन् ।

भर्खरै कक्षा १० अर्थात् एसईई परीक्षा सकिएको छ । एसईई परीक्षा नसकिदै कतिपय ‘कोचिङ सेन्टर’ले परीक्षा केन्द्रमै पुगेर चर्को विज्ञापन गरेका थिए । जब कि एसईई उत्तीर्ण गरेपछि ब्रिजकोर्स गर्नैपर्छ भन्ने प्रावधान छैन ।

सरकारले समेत कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरेको छ । तर, ब्रिजकोर्सको नाममा केही कन्सल्टेन्सी र ‘कोचिङ सेन्टर’ले ठगी धन्दा मच्चाइरहेका छन् । निजी विद्यालयका सञ्चालकहरूसमेत ब्रिजकोर्स अध्यापन गराउने संस्थाको सञ्चालक भएर बसेको पाइएको छ । उनीहरूको मुख्य आशय आफ्नो कलेजमा विद्यार्थीलाई आकर्षण गर्ने देखिन्छ ।

कक्षा १० उतीर्ण गरेका विद्यार्थीहरूले विज्ञान, व्यवस्थापनलगायतका संकायमा अध्ययन प्रवेशका लागि ब्रिजकोर्स गर्दै आएका छन् । कोचिङ सेन्टरहरूले एउटा विद्यार्थीबाट ५ हजारदेखि १५ हजार रुपैयाँसम्म लिएको पाइएको छ । विभिन्न ‘प्याकेज’का नाममा भर्ना भएदेखि १० सातासम्म अध्यापन गर्ने÷गराउने गरेका छन् । कन्सल्टेन्सीहरूले रजिस्टे«सन, परीक्षा, शैक्षिक सामग्री, प्रमाणपत्रलगायतका शीर्षकमा शुल्क लिदै आएका छन् ।

यो समाचार आजको  राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata