वृद्धभत्ता बढेन, सामाजिक सुरक्षामा ६७ अर्ब रुपैयाँ

बिहिबार, जेष्ठ १५, २०७७



सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । २०७४ सालको निर्माचनमा वृद्धभत्ता ५ हजार रुपैयाँ वृद्धि गर्ने प्रतिबद्धता वाम गठबन्धनको घोषणापत्रमा गरिएको थियो ।

सोहीअनुरूप आर्थिक वर्ष २०७६/०७७ को बजेटमा १ हजार रुपैयाँ वृद्धभत्ता वृद्धि गरे पनि आगामी आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता वृद्धि गरिएको छैन । सामाजिक सुरक्षा भत्ताका लागि भने सरकारले निरन्तरता दिन ६७ खर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वर्तमान सरकारले पेस गरेको पहिलो बजेटमा वृद्धभत्ता वृद्धि नभएपछि सरकारको आलोचना भएको थियो । अर्थमन्त्री खतिवडाले पहिलो बजेटमा स्रोतको व्यवस्थापन गर्न केन्द्रित भएको प्रतिक्रिया दिएका थिए । दोस्रो बजेटमा रकम वृद्धिसँगै निरन्तर वृद्धि गर्दै लैजाने प्रतिबद्धता गरेका थिए ।

दोस्रो बजेटमा उनले यसअघि ७० वर्ष नाघेको वृद्धलाई थप १ हजार रुपैयाँ भत्ता वृद्धि गरेर ३ हजार पुर्‍याइएका थिए । दलित र कर्णालीको हकमा ६० वर्षमाथिको जनसंख्यलाई वृद्ध-वृद्धाको रूपमा परिभाषित गरिएको छ । अन्य क्षेत्रको हकमा ७० वर्षमाथिकालाई आधार मानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments