तर्कसङ्गत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने दाबी: चान्सलर मर्केल

बुधबार, चैत्र ६, २०७५



बर्लिन।  जर्मन चान्सलर एङ्गेला मर्केलले तर्कसङ्गत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने मङ्गलबार बताएकी छिन ।

जर्मनीको राजधानी बर्लिनमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, “जर्मनी, बेलायत तथा यूरोपेली संघको ब्रेक्जिट सफल पार्नु साझा सरोकार हो ।”

उनले थपिन , “यूरोपेली संघ (इयू) बाट बेलायत बाहिरिने तिथि अर्थात् मार्च २९ को समयसीमासम्म पनि जर्मनी र यहाँको चान्सलरका हैसियतमा मेरो प्रयास सबै पक्षको हित हुनेगरी तर्कसङ्गत ब्रेक्जिटका लागि हुनेछ ।”

“हामीसँग प्रशस्त समय त छैन किनकि ब्रेक्जिटको समयसीमा अन्तिम चरणमा छ तर बाँकी दश दिनको समय अर्थात् मार्च २९ सम्म जर्मनी तर्कसङ्गत ब्रेक्जिटका लागि सम्बन्धित सबैसँग आवश्यक छलफलमा खट्नेछ ।”, उनले बताइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata