३१ अक्टोबरमा बेलायतले युरोपेली संघ छोड्दै

शुक्रबार, अशोज ३, २०७६



एजेन्सी । बेलायतले ३१ अक्टोबरमा युरोपेली संघ(इयू) छोड्ने भएको बेलायतको राज्य सचिव स्टिफन बर्कले जानकारी दिएका छन् । समाचार एजेन्सी सिन्हुआको रिपोर्ट अनुसार, बुधबार साइप्रसको राष्ट्रपति निकोस अनास्तासिदससँगको भेटवार्ता पश्चात बर्कले ३१ अक्टोबरमा बिना कुनै सम्झौता बेलायतले इयू छोड्ने बताएका हुन्।

बर्कले भने, ” निकै मजबुत द्विपक्षीय सम्बन्धको लागि राष्ट्रपतिलाई आभार ।”, उनले थप बताए, ” उनले ब्रेक्जिटसँग सम्बन्धित मुद्दाप्रति गहिरो समझदारी छ । यस सहमतिको लागि प्रधानमन्त्री बोरिस जोन्सनको इच्छा थियो ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata