नेयमारमाथि यौन शोषण गरेको आरोप

आइतवार, जेष्ठ १९, २०७६



एजेन्सी । ब्राजिलियन फुटबल सुपरस्टार नेयमारमाथि यौन शोषण गरेको आरोप लागेको छ । साओ पाउलो प्रहरीमा दर्ता गरिएको एक रिपोर्टमा ति महिलाले नेयमारले फ्रान्सेली क्लब पीएसजीका लागि खेल्ने क्रममा एक होटलमा लगेर आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् ।

यो विषयलाई लिएर नेयमार र उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् । नेयमार हाल १४ जुनदेखि शुरु हुने कोपा अमेरिका कपको तयारीका लागि ब्राजीलको राष्ट्रिय टिमको प्रशिक्षणमा छन् ।

नाम नखुलाइएकी ति महिलासँग नेयमारको समाजिक सञ्जाल इन्स्टाग्राममा भेट भएको र पेरिसको होटलमा भेट्न बोलाएको प्रहरीमा दर्ता गरिएको रिपोर्टमा भनिएको छ ।

नेयमारले ती महिलालाई ब्राजिलबाट फ्रान्ससम्म आउन विमानको टिकट समेत उपलब्ध गराएका थिए । नेयमार १५ मेमा होटलमा मदिरा सेवन गरेर पुगेको महिलाको आरोप छ ।

घटना भएको दुई दिनपछि ती महिला ब्राजिल फर्किएकी थिइन् । फ्रान्स प्रहरीमा भने उनले यसबारे कुनै रिपोर्ट लेखाएकी छैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank