ब्राजिलियन डोनाल्ड ट्रम्प ‘‘जेयर बोलसोनारो ’’ निर्वाचित

सोमवार, कार्तिक १२, २०७५



ब्राजिल । खसेको मतको ९४ प्रतिशत गणना गरि सक्दा ५६ प्रतिशत मत ल्याउन सफल ब्राजिलियन डोनाल्ड ट्रम्पले पुकारिने ‘‘जेयर बोलसोनारो ’’ ब्राजिल राष्ट्रपतिमा निर्वाचित हुने करिब पक्का भएको छ ।

एक विजय भाषणमा फेसबुक लाइभ प्रसारण गर्दै बोलसोनारोले भने, ब्राजिलको भाग्य एक साथ बदल्ने, बाइबल र संविधानको पालना गर्ने बचन दिए । आफुलाई ब्राजिलको डोनाल्ड ट्रम्प मान्ने बोलसोनारो   प्रहरीलार्इ अधिक बल प्रयाेग गर्न दिने वकालत गर्छन् । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने चाहाने बोलसोनारो  राज्यको उद्यम, पेन्सन सुधार योजना र निजिकरणको योजनामा  दृढ रहेका छन् ।

बोलसोनारो विगतमा अाफू राजनैतिक प्राणी नरहेकाे भन्दै सन् १९६४ -१९८५ सम्म सैन्य तानाशाहीको समर्थक रहेको गर्वका साथ बताउँछन् । दुई बर्ष पहिला तानाशाहिकाे बारेमा टिप्पणी गर्दै  आफ्ना विरोधीलाई यातना दिनु र मार्नु भन्दा निर्वासन वा जेलमा राख्ने कसम खाएका थिए ।

 

121 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank