ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

सोमवार, असार ८, २०७७



कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको ब्राजीलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

ब्राजीलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ६ सय ५९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा १ लाख २२ हजार २४७ जनाको मृत्यु भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ८७ हजार हजार भन्दा बढी पुगेको छ ।

ब्राजीलमा कोरोना परीक्षण अति कम संख्यामा मात्रै भइरहेकाले संक्रमित हुनेको संख्या तथ्यांकमा देखिएभन्दा धेरै हुने अनुमान गरिएको छ । विज्ञका अनुसार ब्राजीलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने छ ।

ब्राजीलका गरिब तथा आदिवासी समुदाय कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना भइरहेको छ ।

बोल्सोनारोले कोरोना संक्रमण सामान्य मौसमी फ्लु भएको बताउँदै आएका छन् । ब्राजीलमा सुरुदेखि नै कोरोना भाइरस नियन्त्रणमा प्रयास नगर्दा अवस्था भयावह बनेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments