कोपा अमेरिका कप फुटबल: आयोजक टिम ब्राजिल फाइनलमा

बुधबार, असार १८, २०७६



एजेन्सी । कोपा अमेरिका कप फुटबलको फाइनलमा आयोजक टिम ब्राजिल पुग्न सफल भएको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । १९ औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

अर्जेन्टिनाले ३०औं मिनेटमा बराबरी गर्ने मौका गुमाएको थियो । सर्जियो एग्युरोको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । दोस्रो हाफमा शसक्त देखिएको अर्जेन्टिनाको प्रहार विफल बनेको थियो । ५७औं मिनेटमा कप्तान लियोनल मेस्सीको प्रहार पनि पोस्ट्मा लागेर फर्किएको थियो । ब्राजिलले ७१औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनायो ।

ब्राजिलका लागि दोस्रो गोल रोबर्टो फिर्मिनोले गोल गरे । उनले काउन्टर प्रहारमा गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका थिए । अर्जेन्टिनाले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । ब्राजिलले फाइनलमा साविक विजेता चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank