मेक्सिकोलाई नकआउटचरणको पहिलो शिकार बनाउने योजनामा ब्राजिल

सोमवार, असार १८, २०७५



काठमाडौँ । समूह ‘इ’ को विजेता ब्राजिल समूह एफको उपविजेता मेक्सिकोलाई नकआउटचरणको पहिलो शिकार बनाउने योजनामा छ । सामरा एरेनामा राती पौने ८ बजे हुने प्रतिस्पर्धामा १६ वर्षदेखिको उपाधि भोकमा रहेको ब्राजिल पहिलो शिकार मेक्सिकोलाई बनाउन चाहान्छ । ब्राजिलले सोही अनुसारको रणनीति बनाएको छ । मेक्सिकोले पहिलो खेलमै साबिक विजेता जर्मनीलाई पराजित गरेकाले ब्राजिल त्यसप्रति सचेत छ ।

हालसम्म ब्राजिल र मेक्सिको आपसमा ४० पटक प्रतिष्पर्धा गर्दा २३ खेलमा ब्राजिल विजयी भएको थियो भने १० खेल मेक्सिकोले आफ्नो पक्षमा पारेको थियो । ७ खेल भने बराबरीमा सकिएको थियो । विश्वकपमा अहिलेसम्म ब्राजिललाई मेक्सिकोले हराएको छैन् । विश्वकपमा दुई देश ४ पटक प्रतिष्पर्धा गरेकोमा ब्राजिलले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

रोस्तोभ एरिनामा मध्यराती पौने १२ बजे बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुनेछ । जापान समुह एचको उपविजेता र बेल्जियम समुह जीको विजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank