बाँध भत्किएर ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

शुक्रबार, माघ २५, २०७५



ब्राजिल । गत जनवरी २५ मा ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा बाँध भत्किएर ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या १५७ पुगेको जनाइएको छ ।

शुरुमा करिब ३०० बेपत्ता भएकाको जनाइए पनि केहि व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १५७ पुगेको र १८२ बेपक्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बाँधमा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले जनाएका छन् । शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । उद्धार कार्य जारी रहेको अधिकारीले जनाएका छन् ।

155 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank