२०० वर्ष पुरानो संग्राहलय आगोले ध्वस्त (भिडियोसहित)

सोमवार, भदौ १८, २०७५



ब्राजिल । ब्राजिलको रियो डि जनेरियोस्थित देशको सवैभन्दा पुरानो बैज्ञानिक संग्राहलय आगोले ध्वस्त भएको छ । करिव २० मिलियन बस्तुहरूलाई समालेर बनेको सो संग्राहलयमा रहेको अमेरिकाको सवैभन्दा पुरानो मानवको प्रमाणहरू अब देख्न पाइने छैन् ।

आइतबार दिनभरी खुलेर साँझ बन्द भएको उक्त संग्राहलयमा आगो लाग्नुको कारण खुल्न सकेको छैन् । प्रारम्भिक खवर अनुसार मानवीय क्षतिको जानकारी आएको छैन् । ब्राजिलको टिभी च्यानल एरियलमा प्रशारण भएको सो आगलानी निकै भयावह देखिन्छ । ब्राजिलका राष्ट्रपति माइकल टिमरले आगलागीलाई लिएर ट्वीट गर्दै भने ‘आज ब्राजिलको उदासिन दिन हो । हामीहरूको २०० वर्षको काम, अनुसन्धान र ज्ञान हराएको छ ।’

रियो फायर विभागका प्रवक्ता रोबर्बो रोबिडाले एशोसियट प्रेस न्यूज एजेन्सीलाई भने ‘हाम्रो उद्दार कार्य कठिन ढंगले सम्पन्न भएको छ । सोमबार बिहानसम्म आगो नियन्त्रण गर्न सफल हुँदा संग्राहलयको केही टुक्रालाई बचाउन सफल भएका छौँ ।

बिबिसी दक्षिण अमेरिका संवाददाता केवी वाट्सनले भने ‘ब्राजिलको इतिहास आगोमा जलेको छ । रियो डि जनेरियो संकटमा छ । बढ्दो हिंसा, गहिरो आर्थिक गिरावट र राजनीतिक भ्रष्टाचारले शहरलाई छायाँमा पारेको समय पर्यटनमार्फत ब्राजिललाई बचाउन सफल संग्राहलय आगोको चपेटामा पर्दा ब्राजिलको विरासतको दुःखद अन्य भएको छ ।’

भिडियो हेर्नुहोस्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata