ब्रुनाईका राजा बोल्कियाहले उल्ट्याए आफ्नै आदेशः अब समलिङ्गीलाई ढुङ्गा हानीहानी हत्या नगर्ने

सोमवार, बैशाख २३, २०७६



एजेन्सी । दक्षिण पूर्वी एशियाली देश ब्रुनाईका राजा हसनल बोल्कियाहले यसवर्ष अप्रिलमा समलिङ्गी सम्बन्धलाई इस्लाम धर्म विरोधी मान्दै मृत्युदण्डको सजाय तोकेको थिए । नयाँ कानूनको घोषणा गर्दै राजाले भनेका थिए, ‘म यो देशमा इस्लामिक शिक्षालाई थप बलियो भइरहेको हेर्न चाहन्छु ।’ तत्पश्चात यसको संसारभरी आलोचना भएको थियो ।

एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्सुअल, क्वियर, इन्टरसेक्सुअल) समुदायका लागि काम गर्ने मानवाधिकार कार्यकर्ताले ब्रुनाई सरकारको यस निर्णयको कडा आलोचना गर्दै उक्त घोषणालाई  अमानवीय बताएका थिए । थुप्रै हलिउड सेलिब्रिटी जस्तै जर्ज क्लूनीले ब्रुनाईका राजाको विलासी होटल र रेष्टुरेन्टमा लगानी नगर्न साथै  बहिष्कार गर्न अपिल समेत  गरेका थिए ।

उक्त विरोधका कारण बोल्कियाहले आफ्नै आदेशलाई उल्ट्याउँदै देशमा समलिङ्गीहरुले राख्ने यौ सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने घोषणा गरेका छन् ।

गत अप्रिलमा ब्रुनाईमा नयाँ इस्लामिक कानून घोषणा गरिएको थियो जसमा समलिङ्गीहरुको विवाह र विवाह पश्चात राखिने यौन सम्बन्धका लागि ढुङ्गाले हानीहानी हत्या गरिने प्रावधान थियो । यसबाहेक नयाँ कानून अनुसार अन्य अपराधका लागि पनि कडा सजायको प्रावधान थियो । चोरी गरेको पुष्टि भए हात काट्ने सजाय  घोषणा गरिएको थियो ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments