ब्राजिलको विद्यालयमा गोली चल्दा आठको मृत्यु, १७ जना घाइते

बुधबार, फाल्गुन २९, २०७५



साओ पा उलो । ब्राजिलको साओ पाउलो नजिकैको एक विद्यालयमा गोली चल्दा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचना अनुसार  घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा अनुसार सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको हो ।

ब्राजिलको  सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर त्यहाँको प्रसिद्ध  टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank