कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले गराए वीपी राजमार्ग ठप्प

टायर बालेर सवारी आवागमन रोक्दै

शनिबार, चैत्र ३०, २०७५



सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीले आज बिहानै देखि वीपी राजमार्गसँगै जिल्लाभर सवारी आवागमन ठप्प गराएको छ। प्रहरीले दोषीलाई कारबाही नगरी छाडेको भन्दै  सवारी आवागमन ठप्प  गराएको हो।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाएकामा गएराति नै छाडेकाले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिएका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि बिपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ।

अहिले नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे हातपात गरेको आरोप लागेको छ। सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात् समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरले आरोप लगाएका छन्।

कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारबाही गर्न माग गर्दै उनले हिजो(शुक्रबार) सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank